झापा, २४ भदौ । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।
मन्त्री अधिकारीले आइतबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै सो घटनाप्रति क्षमायाचना गर्दै राजीनामा दिएको बताउनुभएको छ ।
यसैगरी स्वास्थ्य मन्त्री प्रदीप पौडेल समेत राजीनामा दिने तयारीमा रहेको बुझिएको छ । कांग्रेस आजै सरकारबाट बाहिरने संकेत बुझिएको छ ।