२४ भदौ २०८२, मङ्गलवार

मेची क्याम्पसकी स्ववियू सभापति कार्कीले त्यागिन् नेविसंघ

२४ भदौ २०८२, मङ्गलवार
Image

झापा, २४ भदौ । मेची बहुमुखी क्याम्पसकी स्ववियू सभापति निलम कार्कीले नेपाल विद्यार्थी संघ परित्याग गर्नु भएको छ ।

उहाँले आज फेसबुकमार्फत सानैदेखि आस्था राख्दै आएको नेविसंघ त्यागेको जानकारी दिनुभएको हो ।

उहाँले लेख्नु भएको छ– “आज देशको अवस्था देखेर सरकारले अति हैन अत्याचार गरिरहेको महसुुस भएको छ । मेरो भाइ जस्तै अनुहार भएको हिजोको त्यो लास मेरो आखाबाट हट्न सकेको छैन ।

देशको नीति, देशभन्दा सर्वोपरि हुन सक्दैन । कुनै संगठन देशभन्दा प्यारो हुन सक्दैन । म निलम कार्की आजकै मितिबाट नेपाल विद्यार्थी संघ पूर्णरुपमा परित्याग गरेको जाहेर गर्दछु । त्यसैगरी हिजोबाट दमन, अनियमितता र भ्रष्टाचारविरुद्ध देशव्यापी रुपमा सुरु भएको युवा जेन जीको आन्दोलनलाई पूर्ण र प्रत्यक्ष रुपमा समर्थन गर्दै, यसविरुद्ध सरकारपक्षले अपनाएको अनैतिकता र पिशाचनीतिको आफ्नो ठाउँबाट पूर्ण विरोध गर्ने अभिव्यक्ति दिन चाहन्छु ।”