मेचीनगर, २४ भदौ । जेन जी आन्दोलनकारीहरु मेचीनगर नगरपालिकाको कार्यालयतर्फ अघि बढेको खबर छ ।
धुलाबारी, इटाभट्टा र काँकरभिट्टामा भेला भएका आन्दोलनकारीहरुको एउटा समूह नाराजुलुस गर्दै केहीबेर अघि मेचीनगर नगरपालिकाको मूल गेटमा पुगेको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार मूलगेटमा प्रहरीको समूह सुरक्षामा खटिएको छ भने नगरपालिका कार्यालय शोक विदाका कारण बन्द रहेको छ ।
आन्दोलनकारीले हातमा प्लेकार्डहरु बोकेका छन् ।