झापा, २४ भदौ । जेन जी युवाहरुको आन्दोलनमाथि हिजो सरकारले बर्बर दमन गर्दा १९ जनाको मृत्यु र सयौ घाइते भएपछि आज आन्दोलन देशव्यापी रुपमा फैलिएको छ ।
राजधानीको संसद् भवन बानेश्वरमा हिजो प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली बर्षाएको थियो । जसलाई नेपाली इतिहासमै कोतपर्वपछि एकैठाउँमा ठूलो संख्यामा हताहती भएको घटना मानिएको छ ।
आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् भने कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आगो लगाएका छन् ।
भर्खरै भक्तपुरस्थित प्रधानमन्त्री केपी ओली निवास बालकोटमा आगजनी भएको खबर छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा पनि आगजनी भएको छ ।
बालकोटमा आगजनी