झापा, २४ भदौ । नेपाली कांग्रेसको झापा क्षेत्र नं. १ को धुलावारीस्थित क्षेत्रीय कार्यालयमा आगजनी भएको छ ।
आन्दोलनकारीले आज दिउँसो त्यहाँ रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनमा आगो लगाएका हुन् । अहिले कार्यालयको धुरीबाट आगो र धुँवाको मुस्लो उडिरहेको छ ।