झापा, २४ भदौ । जेन जी आन्दोलनकारीले विर्तामोडको ट्राफिक प्रहरी कार्यालयबाट दिउँसो नियन्त्रणमा लिएका हतियार सेनाको टोलीलाई बुझाएका छन् ।
चारआलीस्थित नेपाली सेनाका अरिदम गणबाट आएको गाडीसहितको सैनिक टोलीलाई आन्दोलनकारीहरुले विर्तामोड चोकबाटै हतियार बुझाएका थिए ।
साँझ सात बजेतिर हतियार बुझेपछि सेनाको टोली चारआलीस्थित आफ्नै गण फर्किएको थियो । हतियारको संख्या बताइएको छैन ।