२५ भदौ २०८२, बुधवार

आन्दोलनकारीले बुझाएका थिए २५ थान राइफल

२४ भदौ २०८२, मङ्गलवार
Image

झापा, २४ भदौ । जेन जी आन्दोलनकारीले विर्तामोडबाट नियन्त्रणमा लिएर सेनालाई बुझाएको  हतियारमा ठूला हतियार समेत रहेको खुलासा भएको छ ।

चारआलीस्थित नेपाली सेनाका अरिदम गणका सेनानी दिपेन्द्र बुढालाई आन्दोलनकारीहरुले मानव अधिकारकर्मी लगायतको रोहवरमा साँझ ७ बजेतिर हतियार बुझाएका थिए ।

बुझाइएका हतियारमा १५ थान इन्सास राइफल, तीन थान एसएमजी, सात थान एसएलआर, थ्रीनटथ्री बन्दुक छ थान, सर्ट गन दुईथान र अश्रुग्यास हान्ने बन्दुक तीन थान रहेका थिए ।