२५ भदौ २०८२, बुधवार

गल्तीको समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरौं : एमाले नेता योगेश भट्टराई

२५ भदौ २०८२, बुधवार
Image

झापा, २५ भदौ । जेनजी विद्रोहले सत्ता ढलेपछि नेकपा एमालेका नेताहरुको प्रतिक्रियाहरु सामाजिक सञ्जालमार्फत आउन थालेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य योगश भट्टराईले आफ्ना धारणाहरु बाहिर ल्याउनु भएको हो । 

युवा नेता भट्टराईले मुलुक यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थाबाट गुज्रिरहेको जनाउँदै उहाँले विकसित घटनाक्रमहरुको विश्लेषण गरेर मात्र पार्टी अघि बढ्नु पर्ने बताउनु भएको छ ।

उहाँले पार्टी र नेताहरुबाट भएका गल्तीहरुको समीक्षा र गल्तीप्रति आत्मालोचित हुनुपर्ने स्पष्ट धारणा व्यक्त गर्नु भएको छ ।

उहाँले पार्टी संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्ने, पार्टीका आन्तरिक प्रक्रियाहरु पूर्णतः पारदर्शी बनाउनु पर्ने, जनतामा गएर सुझाव लिनुपर्ने लगायतका विचार व्यक्त गर्नु भएको छ ।

उहाँको फेसबुकमा आज पोस्ट भएको विचार जस्ताको तस्तै-  

प्रिय कमरेडहरू 

हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउडैन । तसर्थः 

१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौ । गÞल्तीप्रति आत्मालोचित होऔ । 

२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ । यो काम होशियारी पूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस । 

३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौ । 

४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔ । 

५. जनतामा जाऔ, जनतालाई सुनौ र त्यस अनुसार निर्णय गरौ । 

६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया÷ बाँया नजाऔ । 

७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौ । 

८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔ । 

९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्ट्रीय समुदायलाई आह्वान गरौ । 

१०. जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौ ।