झापा, २६ भदौ । झापाको विर्तामोड लगायतका प्रहरी कार्यालयको हिरासतबाट ९२ जना बन्दी (थुनुवा) भागेका छन् ।
भदौ २४ गते विर्तामोडमा जेनजी आन्दोलनकारीले आगजनी गरेपछि हिरासतमा रहेका ३६ जना बन्दी भगाएका थिए । दमक इप्रकाबाट ५१ जना र झिलझिलेबाट पाँच जना बन्दी भागेका थिए ।