झापा, २७ भदौ । जेनजी पुस्ताको प्रदर्शन क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । झापामा तीन जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको पुष्टि गर्नुभयो ।
तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जनाको मृत्यु भएको छ ।
बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ ।