झापा, २९ भदौ । अदालतको आदेश बिनै जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारबाट बाहिर निस्किनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम्र पूवर्् गृहमन्त्री रवि लामिछाने पुनः कारागार फर्किनु भएको छ ।
ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीका अनुसार लामिछाने शनिवार नै नख्खु कारागार फर्किनु भएको हो । शनिवार लामिछानेको जन्मदिन पनि परेको थियो । जन्मदिनको अवसर पारेरै फेरि कारागार जाँदैछु भनेर लामिछानेले सामाजिक सञ्जालमा शनिवार लेख्नु भएको थियो ।
सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहनु भएको लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किनु भएको थियो ।
अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै उहाँको आलोचना भएको थियो ।
लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गर्नु भएको थियो ।
तर, नख्खु कारागार प्रशासनले उहाँले सार्वजनिक गर्नु भएको पत्र फर्जी भएको भन्दै भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन सूचना जारी गरेको थियो ।