३ पुष २०८१, बुधवार

पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित

२९ मंसिर २०८१, शनिवार
Image

झापा, २९ मङ्सिर । नेपाल पत्रकार महासंघ झापाको अध्यक्ष पदमा एकराज गिरी पुनः निर्वाचित हुनु भएको छ ।

 अध्यक्ष गिरीको यो दोस्रो कार्यकाल हो । उहाँ शुक्रवार भएको निर्वाचनमा १३१ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

अध्यक्ष पदका लागि चार जना उम्मेद्वार मैदानमा हुनुहुन्थ्यो । अध्यक्षका प्रतिष्पर्धीहरु राजेन्द्र गौतम र डिकेश लामा बराबर ३४–३४ मत प्राप्त गरी उपविजयी हुनुभएको छ । अर्का उम्मेद्वार टिकाराम नेतिले चार मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष पदमा सुब्रत न्यौपाने र बिनिशा गौतम बिजयी हुनु भएको छ । 

प्रथम उपाध्यक्ष पदमा न्यौपाने १२२ मत प्राप्त गरी बिजयी हुनुभएको हो भने गणेशमान मुखिया ८१ मत प्राप्त गरी उपबिजयी बन्नु भएको छ । 

महिलातर्फको उपाध्यक्ष पदमा विनिता गौतम १०६ मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँको प्रतिष्पर्धी सुशिला संग्रौला ८९ मत प्राप्त गरी उपबिजयी हुनुभयो । 

सचिव पदमा बराबरी मत प्राप्त गरेर प्रदीप परियार र राजु पाठक दुबै जना बिजयी हुनुभएको छ । उहाँहरु दुबै जनाले ९९–९९ मत प्राप्त गर्नुभयो ।

सहसचिवको दुई वटा पदमा रमेश तिवारी र तिलक तामाङ योञ्जन निर्वाचित हुनु भएको छ ।

समावेशीतर्फको सहसचिवमा १११ मतसहित तिलक तामाङ योञ्जन निर्वचित हुनुभएको हो भने प्रथम सहसचिवमा तिवारी निर्विरोध निर्वाचित हुनु भएको हो ।

समावेशी सहसचिव पदमा चिरञ्जीवी घिमिरे ८३ मत प्राप्त गरी उपबिजयी हुनुभयो ।

कोषाध्यक्ष पदमा मुक्ति पौडेल ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिष्पर्धी पुष्प खड्का ५४ मतसहित उपबिजयी हुनुभयो । कोषाध्यक्षका उम्मेद्वार शम्भु दाहालले ४६ मत प्राप्त गर्नुभयो । 

खुल्ला सदस्य पदमा अस्मिता साँखी सर्वाधिक १४८ मत प्राप्त गरी बिजयी हुनुभएको छ । इशा प्रधान १३५ मत, स्वस्तिका आचार्य १३३ मत, विनोद पाण्डे १३३ मत, द्रोण अधिकारी १२८ मत, सुदिप अधिकारी १२६ मत, दिपेश राजवंशी ११७ मत, देवेन्द्र प्रसाई ९५ मत र भूमिराज पराजुली ९४ मत प्राप्त गरी सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

महिला सदस्य पदमा भूमिका सुब्बा निर्वाचित हुनुभएको छ भने सविना लिम्बु ११२ मत प्राप्त गरी उपबिजयी हुनु भएको छ । सविना लिम्बुले ७८ मत पाउनु भयो । 

आदिवासी जनजातितर्फको सदस्य पदमा इन्द्र राई ११० मतसहित निर्वाचित हुनुभयो । नरेश गुरुङ ७१ मतसहित उपबिजयी हुनुभयो ।

मधेसीतर्फको सदस्य पदमा सन्तोष शर्मा एक सय मतसहित निर्वाचित हुनुभयो । प्रतिष्पर्धी मनकुमार शर्मा ९१ मत प्राप्त गरी उपबिजयी हुनुभयो । दलिततर्फको सदस्य पदमा मनकुमार गदाल निर्विरोध निर्वाचित हुनु भएको थियो । 

केन्द्रीय परिषद सदस्य खुल्लामा विष्णु सुब्बा १०१ र अर्जुन कार्की ८९ मतसहित निर्वाचित भएका छन् । सो पदमा उम्मेद्वारी दिएका पर्वत पोर्तेलले ६४ , होमप्रकाश अधिकारीले ५६ , नेत्रविक्रम बिमलीले ३७ र कमन देवानले २८ मत ल्याउनुभएको छ । यसअघि आदिवासी जनजाति र महिलामा क्रमशः विशाल नेम्बाङ र लीला अनमोल निर्विरोध भइसक्नुभएको छ । १३ जना प्रदेश परिषद सदस्य पनि निर्विरोध भएका थिए । जिल्लामा २२० सदस्य रहेकोमा २०५ जनाले मतदान गरेका थिए ।