२४ पुष २०८१, बुधवार

पूर्व मेयर शिवाकोटी कारागार चलान, १२ वर्षको कैद सजाय माग

२२ पुष २०८१, सोमवार
Image

झापा, २२ पुस । विर्तामोडका पूर्व मेयर ध्रुव शिवाकोटी नावालिका जबर्जस्ती करणी अभियोगमा कारागार चलान हुनु भएको छ ।

झापा जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको आदेशले आज उहाँ पुर्पक्षका लागि कारागार चलान हुनु भएको हो ।

पालनपोषणका लागि आफ्‌नै संरक्षणमा रहेकी १५ वर्षीया नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा उहाँलाई प्रहरीले मंसिर २४ गते पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै उपचारका लागि उहाँ विर्तामोडको बीएन्डसी हस्पिटल भर्ना हुनुभएको थियो । प्रहरीले उहाँमाथिको अभियोगको अनुसन्धान र बयान हस्पिटलबाटै पूरा गरेर आइतवार अदालतमा अभियोगपत्रसहित पेश गरेको थियो ।

प्रहरीले अभियोगपत्रमा उहाँमाथि अधिकतम् १२ वर्षको कैद सजाय मागेको छ ।