२४ पुष २०८१, बुधवार

अहिले भर्खरै

तिब्बतमा ७.१ म्याग्निच्यूडको भूकम्प, बंगलादेशसम्म धक्का

२३ पुष २०८१, मङ्गलवार
Image

झापा, २३ पुस । नेपाली समय अनुसार आज विहान ६ बजेर ५० मिनेटको समयमा गएको भूकम्प ७.१ म्याग्निच्यूडको रहेको थाहा भएको छ । 

अमेरिकन जियोलाजिकल सर्भेका अनुसार पूर्वी नेपाल र उत्तरी भारतको सीमा नजिक चीनको तिब्बतमा (सिगास्ते सहरबाट ३५ किलोमिटर टाढा) केन्द्रविन्दू भएर उक्त भूकम्प गएको हो ।

मुख्य भूकम्पपछि ६.४ र ५.३ म्याग्निच्यूटका अरु दुईवटा शक्तिशाली पराकम्प गएको जनाइएको छ । तिब्बतको केन्द्रविन्दुमा ७.१ को भूकम्प गए तापनि सबैभन्दा टाढा बंगलादेशमा ५.३ म्याग्च्यिूटको मात्र धक्का महसुस गरिएको थियो ।

झापा, इलाम र काठमाडौंमा घरहरु निकैबेर हल्लिएको खबरहरु आइरहेका छन् । काठमाडौंमा मानिसहरु भूकम्प गएपछि अत्तालिएर सडकमा निस्किएका थिए ।

नेपाल, भारत, चीन, भूटान र बंगलादेशमा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।