मेचीनगर, २५ पुस । अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पवित्रा पाठकले महिलाहरुको सामाजिक, सांस्कृति, राजनीतिक र आर्थिक अधिकार सुनिश्चित गर्न अनेम संघले स्थापनाकालदेखि नै अगुवाई गरिरहेको बताउनुभयो ।
अखिल नेपाल महिला संघ मेचीनगर नगर कमिटीले आज बाँसबारी सामुदायिक वन परिसरमा आयोजना गरेको बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अनेम संघले उठाउँदै आएका महिलाका मुद्दाहरुलाई अझ संगठित रुपमा एकीकृत भएर कार्यान्वयन गराउन लाग्नु पर्ने बताउनुभयो ।
उहाँले जनसंख्याको ५१ प्रतिशत महिला रहेको मुलुकका हरेक निकायमा महिलाको नेतृत्व स्थापित गराउन आवश्यक रहेको बताउनुभयो ।
संघकी नगर अध्यक्ष हेमा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकारद्वय विष्णु प्रसाई, हरिचरण बानियाँ, पार्टीका प्रदेश कमिटी सदस्य देवकुमार राई, मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती, पार्टी नगर अध्यक्ष राजु कार्की, जिल्ला कमिटी सदस्य रमा भण्डारी, संगीता थापा, सञ्जु ढुंगेल, राजु पोखरेल, चन्द्र प्रसाई, वडा नम्बर–१० का अध्यक्ष नारायण खनाल, वडा नं. ९ का अध्यक्ष कञ्चन तामाङ, वडा नम्बर–२ का अध्यक्ष दीपक बराल, अग्रज नेतृ कल्पना सिटौला, लता प्रसाईलगायतको दुई सय बढीको उपस्थिति रहेको थियो ।
नगरका १५ वटै वडामा संघमा संगठित महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा बेलुन डान्स र घैला फुटाउने प्रतियोगितालगायत रचनात्मक कार्यक्रमहरु गरिएको थियो । स्थानीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न संघले बनभोज कार्यक्रमको आयोजना गरेको अध्यक्ष सिटौलाले बताउनुभयो ।