झापा, ५ असोज । झापाका प्रहरी चौकीहरुको पुनर्निमाणका लागि एकका लागि एक अभियानले रु. १० लाख सहयोग दिने घोषणा गरेको छ ।
अभियानका संयोजक महेन्द्र गिरीले सामाजिक सञ्जालमार्फत शनिवार उक्त घोषणा गर्नु भएको हो ।
बिगतको कोभिड १९ को महामारीका बेला प्रभावित निम्न बर्गीय परिवारलाई खाद्यान्न, स्वास्थ्य लगायतका विषयमा सहयोग पुर्याएको एकका लागि एक अभियानले दाताहरुको सहयोग संकलन गरेर विपद्का बेला महत्त्वपूर्ण योगदान दिदै आएको छ ।
जेनजी आन्दोलनका कारण झापाका धेरै प्रहरी कार्यालय आगजनी र तोडफोड भएका छन् । गाउँहरु सुरक्षा पाउनबाट वञ्चित रहेका बेला प्रहरी कार्यालयहरुको छिटो पुनस्र्थापना आवश्यक छ । केही चौकीहरु स्थानीय युवाले पुनर्निमाण गर्न थालिसकेका छन् ।