१० असार २०८३, बुधवार

लामिछाने रास्वपा सभपातिमा निर्विरोध निर्वाचित

१० असार २०८३, बुधवार
Image

झापा, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनु भएको छ ।

चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा सभापति पदमा उहाँको मात्र उम्मेद्वारी परेको थियो ।

प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र साहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित हुनुभएको हो ।

केन्द्रीय समिति सदस्यका लागि आज मतदान हुनेछ ।