२ कार्तिक २०८१, शुक्रवार

पत्रकार तिर्थराज खरेललाई रोटरी पत्रकारिता पुरस्कार

९ असार २०८०, शनिवार
Image

झापा, ९ असार । पत्रकार तिर्थराज खरेल यसवर्षको हेमकला-टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुंगाले रोटरी स्थापना दिवसको अवसरमा एक विशेष समारोहका विच पत्रकार खरेललाई सम्मान गरेको छ । 

दुई दशकदेखि पत्रकारितामा क्रियाशिल खरेल अनुभवी र सिद्धहस्त हुनुहुन्छ । 

कनकाई खबर साप्ताहिकका सम्पादक राम निरौलाको परिवारले आफ्ना आमा–बुवाको नाममा सो पुरस्कार स्थापना गरेको हो । 

कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्वारा खरेललाई पुरस्कार वितरण गर्नु भएको छ ।

रोटरीको विशेष कार्यक्रमका अवसरमा प्रदान गरिने यो पुरस्कार यसअघि यलम्बर टाइम्सका सम्पादक दिपिन राईलाई प्रदान गरिएको थियो ।