धुलाबारी, .२१ भदौ । सेवा निवृत्त शिक्षक समाज मेचीनगरको दोस्रो साधारण सभाले अग्निप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
काँकडभिट्टा क्याम्पसमा आइतबार आयोजित सभाले घिमिरेलाई आगामी दोस्रो कार्यकालका लागि पुन: अध्यक्षमा चयन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा केदारबहादुर बुढाथोकी, महिला उपाध्यक्षमा सीतादेवी अधिकारी, सचिवमा सोमबहादुर कटुवाल, सहसचिवमा नवराज रिसाल र कोषाध्यक्षमा भुवन सुब्बा चयन भएका छन्।
त्यस्तै, समितिको सदस्यहरूमा प्रेमकुमार क्षेत्री, शेरबहादुर बुढाथोकी, मुरलीधर कोइराला, मोहनराज दाहाल र मिना कटुवाल रहेका छन्। सर्वसम्मत रूपमा गठित यस नयाँ नेतृत्वले तीन वर्षसम्म संस्थाको जिम्मेवारी अध्यक्ष घिमिरेले बताउनुभयो।
उहाँले स्थानीय सरकार समक्ष समाज रूपान्तरण तथा शैक्षिक उन्नयनका निमित्त योजना माग गर्ने र नगर शिक्षा शाखाको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, पालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति , अभिभावक शिक्षक संघ, विद्यार्थी तथा समुदायसँग शैक्षिक सुधारका निमित्त संस्थाले काम गर्ने बताउनुभयो।