मेचीनगर, २१ भदौ । निवृत्त शिक्षक समाज मेचीनगरको काँकरभिट्टामा आज आयोजित दोस्रो सभामा चार जना पूर्वशिक्षकलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा समाजको इकाई एकका मनोरथ काफ्ले, इकाई दुईका दिलीप अधिकारी, इकाई तीनका अम्बिका शर्मा रिजाल र इकाई चारका भोलानाथ सुबेदी हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपाल बुढाथोकीले दोसल्ला ओढाउँदै प्रमाणपत्र प्रदान गरेर उहाँहरुको सम्मान गर्नु भएको थियो ।
पूर्व शिक्षकहरुको हकहित र उहाँहरुलाई सामाजिक क्षेत्रमा सक्रिय तुल्याउने उद्देश्यले समाजको स्थापना भएको हो । समाजको विधित दर्ता समेत भइसकेको छ ।
समाजका अध्यक्ष अग्नि घिमिरेको सभापतित्वमा भएको साधारणसभामा उहाँले सांगठनिक प्रतिवेदन र संस्थाका कोषाध्यष पूर्णबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उपाध्यक्ष हेमकुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव सोमबहादुर कटुवालले गर्नु भएको थियो ।
सो अवसरमा मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकी, नेपाल निवृत्त शिक्षक समाज झापाका अध्यक्ष सीएम खनाल, वडाध्यक्ष एवम् पूर्व शिक्षक कनकबहादुर कार्की, सामाजिक विकास समितिका संयोजक हृदय राजबंशीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
मेचीनगरभरिका पूर्व शिक्षकहरुको भब्य उपस्थितिमा आयोजित सभामा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी लगायतको उपस्थिति रहेको थियो ।