४ असोज २०८१, शुक्रवार

मेचीनगर रोटरी र रोट्रयाकको पद हस्तान्तरण

२३ साउन २०८०, मङ्गलवार
Image

मेचीनगर, २३ साउन । सामाजिक कार्यकर्ता सविता भण्डारीले रोटरी क्लव अफ मेचीनगरको अध्यक्षको रुपमा आजदेखि कार्यभार सम्हाल्नु भएको छ । 

यसअघि रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष अनन्तप्रकाश वस्ती हुनुहुन्थ्यो । वस्तीले आज एक समारोहबीच भण्डारीलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो । 

रोटरीको यो तेस्रो पद हस्तान्तण हो । कार्यक्रम होटल मेची क्राउनमा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि रोटरीका डिस्ट्रिक गर्भनर राजेन्द्र धोजु हुनुहुन्थ्यो भने विशेष अतिथि मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी हुनुहुन्थ्यो । 

यसैबीच, रोट्रयाक्ट क्लव अफ मेचीनगरका अध्यक्ष विशाल कार्कीले नयाँ अध्यक्ष श्याम शिवाकोटीलाई पद हस्तान्तरण गर्नु भएको छ । 

सो अवसरमा रोटरी क्लव अफ मेचीनगरका प्रेसिडन्ट इलेक्ट कमल प्रसाद कोइरालाले स्वागत मन्तब्य क्यक्त गर्नु भएको थियो ।