३० वैशाख २०८१, आइतवार

युवा संघको मेचीनगर अध्यक्षमा सुनिल निर्वाचित

१८ भदौ २०८०, सोमवार
Image

मेचीनगर, १८ भदौ । नेकपा एमाले निकट युवा संघ नेपालको मेचीनगर अध्यक्षमा सुनिल राजबंशी बिजयी हुनुभएको छ ।

आज काँकरभिट्टामा भएको निर्वाचनमा उहाँले ८४ र उहाँका प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत पाउनु भएको निर्वाचन मण्डलका अध्यक्ष एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजु कार्कीले बताउनुभयो ।

उपाध्यक्षमा न्यूटन कार्की सर्वसम्मत र सचिवमा राकेश खवास ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा अर्का प्रतिष्पर्धी विशाल गिरीले ५८ मत पाउनुभयो ।

सहसचिवमा ९२ मत पाएर सञ्जय पोखरेल बिजयी हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी तेजेनलाल राजबंशीले ५२ मात पाउनुभयो । 

संघको नगर समिति ४७ सदस्यीय रहेको छ । सदस्य पदमा सबै सर्वसम्मत भइसकेको छ । निर्वाचनमा १५० जना मतदाता थिए ।