२८ वैशाख २०८१, शुक्रवार

मेचीनगरका मेयरलाई डेंगु संक्रमण

२४ भदौ २०८०, आइतवार
Image

मेचीनगर, २४ भदौ । नगरप्रमुख गोपालचन्द्र बुुढाथोकीलाई डेंगु संक्रमण भएको छ ।

आज उहाँको सचिवालयले फेसबुकमार्फत उक्त जानकारी दिएको हो ।

शुक्रवार कार्यपालिका बैठकमा सहभागी नगरप्रमुख बुढाथोकीलाई शनिवारदेखि तीब्र ज्वरो र घाँटी दुख्ने समस्या देखिएको थियो ।

स्थानीय हलेसी मेडिकलको प्रयोगशालामा जाँच गर्दा उहाँमा डेंगु संक्रमण पुष्टि भएको हो । उहाँको सचिवालयले केही दिनका लागि नगरप्रमुख बुढाथोकी कार्यालय र निर्धारित कार्यक्रमहरुमा सहभागी हुन नसक्ने जानकारी गराएको छ ।