५ जेठ २०८१, शनिवार

बस पल्टिदा २७ जना वाइसीएल कार्यकर्ता घाइते

२२ वैशाख २०८१, शनिवार
Image

विर्तामोड, २२ बैशाख । गौरीगञ्जबाट विर्तामोड आउँदै गरेको बस पल्टिदा योङ्ग कम्युनिस्ट लिग (वाइसीएल)का २७ जना कार्यकर्ता घाइते भएका छन् । 

को १ ख ३००९ नम्बरको बस विर्तामोड–२ चारपाने नजिक राजमार्ग किनारमा आज दिउँसो पौने २ बजेतिर पल्टिएको थियो । बसमा ३२ जना सवार थिए । जसमध्ये २७ जना घाइते भएका हुन् । 

सिटी सेन्टरमा आयोजित वाइसीएल झापाको छैठौं जिल्ला सम्मेलनमा भाग लिन उनीहरु बस चढेर  आउँदै गर्दा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते सबै खतरामुक्त छन् । उनीहरुको विर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । 

वाइसीएल झापाको छैठौं जिल्ला सम्मेलनले डेबिट शाहीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा हिमाल बिष्ट, उपाध्यक्षद्वयमा बिनोद नेम्बाङ र बुद्धिमान तामाङ, सचिवमा जनक ल्यागुन, सहसचिवमा प्रेम रानामगर, रुद्र राउत, सन्तोष विश्वकर्मा र समिर लिम्बु रहेका छन् । कोषाध्यक्षमा मेनुका राजबंशी चयन भएकी छन् ।