५ जेठ २०८१, शनिवार

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२३ वैशाख २०८१, आइतवार
Image

मेचीनगर, २३ बैशाख । मेचीनगर १५ स्थित ज्यामिरगढी– चन्द्रगढी सडकमा ट्रयाक्टरको ठक्करबाट घाइते भएका  मोटरसाइकल चालक ज्ञान अधिकारीकोको मृत्यु भएको छ ।

शनिवार साँझ ७.३० बजेतिर गाइनावारी नजिक सडकखण्डमा चन्द्रगढी जाँदै गरेको मे १ त ५३१९ नं को ट्रयाक्टरसंग विपरित दिशाबाट आउँदै गरेको मे ११ प ९०२ न. को मोटरसाइकल ठोक्किएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल २ बस्ने २७ वर्षीय ज्ञान अधिकारी गम्भीर घाइते  भएको थिए। घाइते अधिकारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा राति ८.३० बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रयाक्टर, ट्रयाक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।