६ जेठ २०८१, आइतवार

प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई मातृशोक

२३ वैशाख २०८१, आइतवार
Image

मेचीनगर, २३ वैशाख । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई मातृशोक परेको छ ।

उहाँकी आमा विष्णुमाया अधिकारीको ८४ वर्षको उमेरमा यही वैशाख २० गते निधन भएको हो । उहाँको जन्म वि.सं. १९९७ वैशाख ३ गते भएको थियो ।

स्व. विष्णुमाया अधिकारीको ३ जना छोरा र एक छोरी हुनुहुन्छ ।

गौरादह–८ स्थित निजी निवासमा हाल १३ दिने काजकर्म भइरहेको छ ।