१७ चैत २०८२, मङ्गलवार

जसपा फुट्यो, अशोक राईले खोले नयाँ पार्टी

२४ वैशाख २०८१, सोमवार
Image

झापा, २३ बेशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजित भएको छ । 

वरिष्ठ नेता अशोक राई आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् ।

‘हामीले जनता समाजवादी पार्टी नाममा नयाँ पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका छौं,’ उनले भने, ‘पहिलेको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल थियो।’

जसपाका सात जना सांसदहरू निवेदन लिएर उनी निर्वाचन आयोग पुगेका छन्।

सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोगमा छन्।

नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको राईनिकट स्रोतले बतायो ।

प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको जिकिर छ । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।