६ जेठ २०८१, आइतवार

आज नेकपा एसको संसदीय दलको बैठक

२४ वैशाख २०८१, सोमवार
Image

झापा, २४ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाउनु भएको छ। 

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टी विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाउनु भएको हो।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने चौधरीले जानकारी दिनुभयो। 

अध्यक्ष नेपाल अहिलेको सत्ता समीककरण भत्काएर अर्को गठबन्धन बनाउन चाहनुहुन्थ्यो । तर, जसपा नेपाल विभाजित भएपछि नेकपा एसले कुनै नयाँ राजनीतिक कदम चाल्नसक्ने अनुमान गरिएको छ ।