६ जेठ २०८१, आइतवार

झापामा महिला मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन

२४ वैशाख २०८१, सोमवार
Image

झापा, २४ बैशाख । झापामा महिला मानव अधिकार रक्षक सञ्जाल पुनर्गठन भएको छ ।

अधिवक्ता कविता शर्मा पाठकको अध्यक्षतामा गठन भएको सञ्जालको उपाध्यक्षमा द्वन्द्व व्यवस्थापन क्षेत्रकी अनुभवी कमला भट्टराई हुनुहुन्छ ।

सञ्जालको सचिवमा पत्रकारिता क्षेत्रकी लीला अनमोल, सहसचिवमा संस्कृति रिजाल र कोषाध्यक्षमा पुष्पाञ्जलि सिन्हा ठकुरी चयन रहनु भएको छ ।

सदस्यमा शिखा खड्का गणेश, सनम राजबंशी, चञ्चला सुब्बा र दुर्गा आचार्य रहनु भएको छ भने सल्लाहकारमा पूर्वमन्त्री जसमाया गजमेर, जिल्ला समन्वय समितिकी उपप्मुख शान्ता रोक्का र अधिवक्ता शान्ता पाठक तिम्सिना रहनु भएको छ ।

सञ्जालले आज विर्तामोडमा पत्रकार सम्मेलन गरी पुनर्गठन बारे जानकारी दिएको हो । वि.सं. २०६४ सालमा पहिलोपल्ट सञ्जाल गठन भएको थियो ।

मुलुकको ७७ वटै जिल्ला सञ्जाल सक्रिय रहेको जानकारी दिदै अध्यक्ष पाठकले महिलाको मानव अधिकारको रक्षाका लागि सञ्जालका हरेक सदस्य अग्रणी बनेर खटिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जिसस उपप्रमुख रोक्का, मानवाधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनाल, इन्सेक झापाका प्रतिनिधि नरेश खाती लगायतले नवगठित सञ्जाललाई शुभकामना व्यक्त गर्नु भएको छ ।