२ कार्तिक २०८१, शुक्रवार

जहाज दुर्घटनामा अध्यक्षको भाञ्जा आश्विनको निधन

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । सौर्य एयरलायन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये एक जना एयरलायन्सका अध्यक्ष दिपक पोखरेलका भाञ्जा आश्विन निरौला रहेको थाहा भएको छ ।

पारिवारिक स्रोतका अनुसार आश्विन निरौला एरोनोटिकल इन्जिनियर थिए । जहाजलाई मर्मतका लागि पोखरा लैजाने क्रममा काठमाडौंबाट उड्ने वित्तिकै जहाज आज विहान ११ बजेर ११ मिनटमा दुर्घटना भएको थियो ।

भद्रपुर निवासी अध्यक्ष पोखरेलका पाँच जना बहिनीमध्ये जेठी बहिनी कल्पना निरौलाका एक मात्र छोरा थिए इन्जिनियर आश्विन ।

एरोनोटिकल इन्जिनियरिङको अध्ययन पूरा गरेपछि उहाँ सौर्य एयरलायन्समा सुरुदेखि नै कार्यरत हुनुहुन्थ्यो ।

हाल एयरलायन्सका अध्यक्ष पोखरेल त्रिभुवन विमानस्थलको घटनास्थलमा हुनुहुन्छ भने दिवंगत इन्जिनियर अश्विन निरौलाका वुवा र आमा अस्टे«लियामा हुनुहुन्छ ।

घटनाको खबर थाहा पाउने वित्तिकै उहाँका वुवा र आमा नेपाल फर्किने क्रमममा हुनुभएको थाहा भएको छ ।