२३ भदौ २०८१, आइतवार

जहाजमा एयरलायन्स व्यववस्थापनकै पाँच यात्रु थिए

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । सौर्य एयरलायन्सको व्यवस्थापकीय समूहका १० जनामध्ये पाँच जना दुर्घटना भएको जहाजको यात्रु रहेका थिए ।

एयरलायन्सको व्यवस्थापकीय समूहको सुरक्षा प्रमुख थिए सागर आचार्य । सीएएमओ मेनेजर थिए आश्विन निरौला । यज्ञप्रसाद पौडेल थिए मेन्टेनेन्स मेनेजर । क्याप्टेन मनिषकुमार शाक्य थिए अपरेसन प्रमुख । दिपीप बर्मा थिए क्यूए प्रमुख । 

दुर्घटनामा परेका व्यवस्थापकीय समूहका पाँच जनामध्ये क्याप्टेन मनिषकुमार शाक्यको जीवितै उद्धार गरिएको छ ।

काठमाडौंको केएमसी हस्पिटलमा शाक्यको उपचार भइरहेको छ ।