२३ भदौ २०८१, आइतवार

जहाज दुर्घटनामा पत्रकार खतिवडाको छोरी, ज्वाई र नातिको निधन

९ साउन २०८१, बुधवार
Image

झापा, ९ साउन । सौर्य एयरलायन्सको जहाज दुर्घटनामामा मृत्यु भएका मनुराज शर्मा, प्रिज्मा खतिवडा र अधिराज शर्मा एकै परिवारको सदस्य रहेका छन् ।

प्रिज्मा खतिवडा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् समाजबादी प्रेस संगठनका संस्थापक उपाध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी हुनुहुन्थ्यो ।

प्रिज्मा ऊर्जा मन्त्रालयमा कम्प्यूटर अपरेटर (कर्मचारी) हुनुहुन्थ्यो । उहाँका पति मनुराज शर्मा एयरलायन्सका कर्मचारी हुनुहुन्थ्यो । अधिराज उहाँहरुको नावालक छोरो हो ।