८ कार्तिक २०८१, बिहिवार

मस्कको दैनिक एक मिलियन वितरण गर्ने योजनाप्रति सरकारको चेतावनी

८ कार्तिक २०८१, बिहिवार
Image

काठमाडौँ । अमेरिकी न्याय विभागले एलन मस्कको हरेक दिन एक मिलियन डलर रकम वितरण गर्ने चुनावी अभियान बारे चेतावनी पत्र पठाएको छ ।

अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।

मतदातालाई दैनिक १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ ।

मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो । मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई निवेदनमा हस्ताक्षर गर्न अपील गरिएको छ ।

चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइएको छ । केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए ।

अक्टोबर १९ मा, पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो ।