अहिले भर्खरै
अहिले भर्खरै
झापा, ३ फागुन । चारआलीमा बन क्षेत्र अतिक्रमण गरेर बनाइएका अस्थायी टहरा हटाउने क्रममा भएको विवादमा आज दिउँसो एक महिला पक्राउ परेकी छन् ।
मेचीनगर–१३ चारआलीमा प्रगति सामुदायिक बनको क्षेत्र ओगटेर सञ्चालन हुँदै आएको सब्जी बजारका १८ वटा पसल सुरक्षा बल प्रयोग गरी आज हटाइएको हो ।
बन डिभिजन कार्यालय झापाले सुरक्षाबल प्रयोग गरी अतिक्रमण हटाएको हो ।
अतिक्रमण हटाउने पक्षमा रहेका प्रगति सामुदायिक बनका अध्यक्ष विकास निरौलालाई अभद्र व्यवहार गरेको आरोपमा एक महिला पक्राउ परेकी हुन् ।
बनका अध्यक्ष निरौलालाई दूव्र्यवहार गरेर भागेकी ती महिलालाई महिला प्रहरीले नजिकैको सार्वजनिक शौचालयमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
लगत्तै ती महिलालाई प्रहरीको भ्यानमा चढाएर चारआलीबाट अन्यत्र लगिएको थियो । पक्राउ परेकी महिलाको नाम खुलेको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार पक्राउ परेकी महिलाको पसल आज अतिक्रमण हटाइएको क्षेत्रमै रहेको छ ।