२५ चैत २०८१, मङ्गलवार

आयल निगम: पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

४ फागुन २०८१, आइतवार
Image

काठमाडौ, फागुन ०४ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।  निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको निगमले जनाएको छ ।

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल–मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू भएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ । सोहीअनुसार नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।