१० फागुन २०८१, शनिवार

पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स सेमिफाइनलमा

९ फागुन २०८१, शुक्रवार
Image

भद्रपुर, ९ फागुन । आयोजक टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो ।

शनिबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ एफसी र चर्च ब्वाईच युनाइटेडबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए । मछिन्द्रलाई हराउँदै झापा क्वार्टर फाइनलमा प्रवेश गरेका हो ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।