२४ चैत २०८१, सोमवार

कचनकवलमा कुकुरले टोकेर १२ जना घाइते

२४ चैत २०८१, सोमवार
Image

झापा, २५ चैत । कुकुरको टोकाईबाट कचनकवल गाउँपालिका–६ मा १२ जना घाइते भएका छन् । 

घाइते हुनेमा एक चार बर्षीया बालिकासहित चार महिला र आठ पुरुष रहेका छन् । 

पालिकाका उपाध्यक्ष नवराज भट्टराईले उनीहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा रेविजविरुद्धको खोप लगाइरहेको जानकारी दिनुभयो । 

कुकुरको टोकाईबाट घाइते भएका पशुचौपायको भने विवरण आउन बाँकी रहेको उहाँको भनाई छ । पालिकाले पशु तथा कृषि शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरी  कुकुरलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको उहाँको भनाई छ ।