झापा, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल आज झापामा हुनुहुन्छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको अनुगमनका क्रममा उहाँ सांसद्को रुपमा आज झापा आइपुग्नु भएको हो ।
दिउँसो रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भइरहेका बेला अर्याल झापामा हुनुहुन्थ्यो ।
“उहाँ मुडअफ जस्तो देखिनुहुन्थ्यो,” अुनगमनका एक सहभागीले लोकतन्त्र पोस्टलाई भन्नुभयो–“तारन्तार फोन गरिरहने र कल पनि आइरहेको थियो ।”
नेपाल आयल निगम चारआलीमा अनुगमनमा उहाँ संसदीय टोलीमा अरुहरुसँगै सहभागी हुनुभएको थियो । दिउँसो जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा भएको अन्तरक्रियामा पनि उहाँको सहभागिता रहेको थियो ।
सांसद् एलपी साँवाको नेतृत्वमा आएको संसदीय समितिले झापा, मोरङ, सुनसरी र उदयपुरमा अनुगमन गर्ने कार्यसूची छ ।
जिल्ला प्रशासन कार्यालय झापाको कार्यक्रममा पनि रास्वपाका कार्यवाहक सभापति अर्याल मुडअफ अवस्थामै हुनुहुन्थ्यो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले सांसद् अर्याललाई कार्यक्रमको अन्त्यतिर केही बोल्न आग्रह गर्नु भएको थियो ।
तर, अर्यालले धेरै बोल्ने कुरा नभएको भन्दै दुई चार लाइनमै मन्तब्य टुंग्याउनु भएको थियो ।
उहाँ मुडअफ’ रहनु भएको झल्को चन्द्रगढी विमानस्थलमै देखिएको थियो । अन्य सांसद्हरुले खादामाला पहिरिए तापनि अर्यालले हातमै बोक्नु भएको थियो ।
“उहाँ आफ्नो पार्टीको सभापति रवि लामिछानेलाई कारागार चलान गरेको विषयलाई लिएर चिन्तित हुनुभएको जस्तो लाग्यो”– उहाँलाई एयरपोर्टदेखि प्रशासन कार्यालयको कार्यक्रमसम्म देखेका एक सहभागीले बताउनुभयो ।