८ वैशाख २०८२, सोमवार

सुसेलीद्वारा खरेललाई चालिसे विज्ञान पुरस्कार

८ वैशाख २०८२, सोमवार
Image

झापा, ८ वैशाख । चरा तथा बन्यजन्तुको खोज तथा अनुसन्धानमा लागिरहनु भएको मेचीनगर वडा नं. १० का देबेन्द्र खरेल डा. मुकेशकुमार चालिसे जनककुमारी चालिसे विज्ञान पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

सुसेली साहित्यिक परिवारले उक्त पुरस्कार खरेललाई शनिवार एक समारोहबीच प्रदान गरेको हो । पुरस्कारको नगद राशी रु. १५ हजार र प्रमाणपत्र रहेको छ ।

यसैगरी, सुसेलीले साहित्यकार मीना अधिकारीलाई बेदकुमार रेग्मी कर्मठ महिला पुरस्कार र युवा पत्रकार एवम् कलाकार विनोद राजबंशीलाई सुसेली प्रतिभा पुरस्कार प्रदान गरेको छ ।