२६ वैशाख २०८२, शुक्रवार

बिर्तामोडका प्रखर युवा नेता बिनोद बस्नेतको असामयिक निधन

२६ वैशाख २०८२, शुक्रवार
Image

झापा, २६ वेशाख । विर्तामोडका युवा नेता विनोद बस्नेतको असामयिक निधन भएको छ ।

आज विहान उहाँलाई विर्तामोड वडा नं. १ स्थित निजी निवासमा मृत अवस्थामा भेटिएको हो ।

झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् वीरता जेसिजका पूर्व अध्यक्ष हुनुहुन्छ । खेलकुद, समाजसेवा, राजनीति लगायतका विविध क्षेत्रमा अग्रणी योगदान दिनु भएका बस्नेत मिलनसार एवम् स्पष्ट वक्ता हुनुहुन्थ्यो ।

पारिवारिक निकट स्रोतका अनुसार उहाँलाई निजी निवासको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको थियो । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।