झापा, ३ जेठ । दमक नगरपालिकाका पूर्व मेयर एवम् पुराना बामपन्थी नेता इन्द्रबहादुर बुढाथोकीको आज विहान निधन भएको छ ।
नेकपा एकीकृत समाजबादीको केन्द्रीय सदस्य समेत रहनु भएको बुढाथोकीको आज विहान ९ः५५ बजे दमकस्थित निजी निवासमा निधन भएको हो ।
उहाँ ७२ वर्षको हुनुहुन्थ्यो । उहाँ मुटु र मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । वि.सं. २०४९ मा उहाँ नेकपा एमालेबाट दमकको मेयर पदमा निर्वाचित हुनु भएको थियो ।