झापा, ६ जेठ । मेचीनगर वडा नं. ९ स्थित थोप्लेबिरानमा स्वस्तिका अधिकारीको घरमा आज विहान साढे ८ बजेतिर आगलागी भएको छ ।
आगलागीमा काठ, टिन र इटाको गारोले बनेको दुई तले घर पूर्णरुपमा जलेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले एक घण्टामा स्थानीयबासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाएको छ ।
आगलागीमा घरका मानिसले लगाउने एकसरो लुगाफाटा बाहेक केही पनि बचेको छैन । प्रहरीका अनुसार आगलागीमा रु. १० लाख ८० हजारको धनमाल क्षति भएको छ ।
आगलागीमा रु. ६० हजार नगद, रु. एक लाख ५० हजारको भाडावर्तन, रु. २० हजारको अन्नपात, रु. सात लाखको घर र रु. एक लाख ५० हजारको फर्निचर खरानी भएको छ ।
घरको विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
मेचीनगर नगरपालिकाको दमकल घटनास्थलमा ढिलो आइपुगेको स्थानीयबासीले गुनासो गरेका छन् ।