झापा, ६ जेठ । विर्तामोड नगरपालिका वडा नं. १० की ३१ वर्षीया बबिना मगरको हराएको नदसहितको पर्स प्रहरीले खोेजेर फिर्ता दिएको छ ।
प्रहरी स्रोतका अनुसार चन्द्रगढीबाट एयरपोर्ट जाँदै गर्दा बबिनाले सोमवार रु. १९ हजार रहेको पर्स बाटैमा हराउनु भएको थियो ।
पर्स हराए लगत्तै उहाँले खोजतलासका लागि प्रहरीलाई जानकारी गराउनु भएको थियो ।
प्रहरीले नगदसहितको पर्स खोजेर आज बबिनालाई बुझाएको छ ।