२४ जेठ २०८२, शुक्रवार

कोशी प्रदेश सरकारद्वारा सम्पादक काजीसहित सात पत्रकार सम्मानित

१६ जेठ २०८२, बिहिवार
Image

झापा, १५ जेठ । कोशी प्रदेश सरकारले लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीसहित प्रदेशका सात जना अग्रज पत्रकारलाई सम्मानित गरेको छ ।

गणतन्त्र दिवस २०८२ को अवसर पारेर पत्रकारहरुलाई आज विराटनगरस्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयको सभाहलमा जनही रु. एक लाख नगद पुरस्कारसहित प्रादेशिक पत्रकारिता सम्मान प्रदान गरिएको हो ।

सम्मानित हुनेहरुमा झापाका चिन्तामणि दाहाल, मोहन काजी र बिमल लामिछाने रहनु भएको छ भने सुनसरीकी यशोदा सेने, धनकुटाका राजेश्वर श्रेष्ठ र मोरङका मोहम्मद सदरुल र मनोज दाहाल हुनुहुन्छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानून मन्त्री रेवतिराज भण्डारीले सम्मानित पत्रकारहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा सम्मानित पत्रकारहरुको तर्फबाट चिन्तामणि दाहाल र यशोदा सेनेले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कोशी प्रदेश सरकारले पत्रकारहरुलाई प्रदान गर्ने यो सबैभन्दा ठूलो सम्मान हो । पत्रकारिता क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका क्रियाशील पत्रकारहरुलाई प्रदेश सरकारले वर्षेनी यो सम्मान प्रदान गर्दै आएको छ ।