१७ असोज २०८२, शुक्रवार

हात्तीले कुल्चेर एक व्यक्तिको मृत्यु

९ असोज २०८२, बिहिवार
Image

झापा, ९ असोज । विर्तामोड नगरपालिका वडा नं. ७ खालबाडीमा एक व्यक्तिको हात्तीको आक्रमणमा मृत्यु भएको छ ।

गए राति जंगलबाट गाउँमा आएको एउटा हात्तीले कुल्चेर विर्तामोड नगरपालिका-७ का २७ बर्षीय सहिल मियालाई घटनास्थमै मारेको प्रहरीले जनाएको छ । 

घटना बारे आज विहान जानकारी प्राप्त भएपछि अनारमनी इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ ।