१७ असोज २०८२, शुक्रवार

हर्क साम्पाङले खोले नयाँ दल

१२ असोज २०८२, आइतवार
Image

झापा, १२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले दल दर्ता गर्नु भएको छ ।

आज निर्वाचन आयोगमा उहाँको दलको निवेदन दर्ता भएको छ । दलको नाम ‘राष्ट्रिय संस्कृति पार्टी’ रहेको छ ।

आसन्न फागुन २१ गतेको संसदीय चुनावमा उहाँले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)सँग मिलेर दल खोल्ने चाहना राख्नु भएको थियो । तर, जेनजी आन्दोलनपछि सरकार गठनका विषयमा दुबैबीच मतैक्यता हुन सकेन ।

झापामा पनि हर्क साम्पाङका समर्थकहरु धेरै छन् । दमक, भद्रपुर, शिवसताक्षी र मेचीनगरमा उहाँका समर्थकले निकट भविष्यमा उहाँलाई ल्याएर कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।