झापा, १२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपाली सर्वसाधारणलाई बिजय दशमीको टिका नलगाउने हुनु भएको छ ।
जेनजी आन्दोलनको नाम उल्लेख नगरी उहाँले देश शोकमा परेको कारण दशैंलाई पारिवारिक रुपमा मात्र मनाउन लागेको बताउनु भएको छ ।
बिजय दशमीको उपलक्ष्यमा आज शुभकामना सन्देश दिदै उहाँले उक्त जानकारी दिनुभएको हो ।
‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ,’ सन्देशमा भनिएको छ –‘त्यसैले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं ।’
उहाँले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नु पर्ने जनाउँदै भूराजनीतिक चक्रव्यूहमा नफँसी आफ्नो बाटो आफै तय गर्ने सामथ्र्य राख्न र अखण्ड नेपाललाई नवनिर्माण गर्न आह्वान गर्नु भएको छ ।