३० कार्तिक २०८२, शनिवार

अनलाइनबाट मतदाता फर्म भर्न युवाले सञ्चालन गरे हेल्पडेस्क

३० कार्तिक २०८२, शनिवार
Image

मेचीनगर, २९ कात्तिक । युथ फर सोसाइटीले मेचीनगरका विभिन्न क्षेत्रमा हेल्प डेस्क सञ्चालन गरी नयाँ मतदातालाई अनलाइनबाट मतदाता परिचय पत्रका लागि नाम दर्तामा सघाउन थालेको छ ।

निर्वाचन आयोगले राष्ट्रिय परिचय पत्रका आधारमा नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेपछि युवाहरुको संगठन सोसाइटीले हेल्प डेस्क खडा गरेको हो ।

शुक्रवार र शनिवार दुई दिनमा संस्थाले ३०० भन्दा बढी नयाँ मतदाताको फर्म भर्न सफल भएको जनाएको छ ।