मेचीनगर, २९ कात्तिक । बाहुनडाँगीको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्ष पदमा हरिप्रसाद उप्रेती निर्वाचित हुनु भएको छ ।
अध्यक्ष र महासचिव पदका लागि आज निर्वाचन भएको थियो । अन्तिम मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार उप्रेतीले ३४३ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो ।
उहाँका प्रतिष्पर्धी टिकाराम सापकोटाले ३१८ मत पाउनु भएको थियो । उहाँहरुको मतान्तर मात्र २५ रहेको छ ।
यसैगरी, महासचिव पदमा मञ्जिल देवान ३६४ मतका साथ बिजयी हुनु भएको छ भने उहाँका प्रतिष्पर्धी शंकर लुइँटेलले २६८ मत पाउनु भएको थियो ।
निर्वाचनमा संस्थाको सदस्य रहेका हात्ती प्रभावित बाहुनडाँगीका ९५७ जना मतदाता थिए । जसमध्ये ६७७ मत खसेको थियो ।