२० मंसिर २०८२, शुक्रवार

प्रतिष्ठानको वक्तृत्वकलामा पनि धुलाबारी मावि नै बिजेता

२० मंसिर २०८२, शुक्रवार
Image

झापा, १९ मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठानको आयोजनामा भएको माध्यमिक विद्यालयका विद्यार्थीहरुको मेचीनगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी मावि बिजेता बनेको छ ।

चारआलीस्थित सहिद दशरथ माध्यमिक विद्यालयमा आज भएको कार्यक्रममा धुलाबारी माविकी जयन्ती बुढाथोकी प्रथम हुनु भएको हो ।

यसैगरी, सरस्वती बालकल्याण माविकी डिमेश्वरी भट्टराई दोस्रो, बाल सुबोधिनी माविकी अजुना रायमाझी तेस्रो र कवि शिरोमणि माविका साजन मगर सान्त्वना हुनु भएको छ ।

प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई शनिवार प्रतिष्ठानको सातौं वार्षिक उत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र वितरण गरिने भएको छ ।

'ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व' विषयमा वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । 

मेची बहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्यको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका पूर्वप्रमुख कमल गुरागाई, सहिद दशरथ माविका प्रअ लेखनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख कमल गुरागाई, त्रिदेव बहुमुखी क्याम्पसका पूर्वप्रमुख माधव प्याकुरेल र प्रतिष्ठानका सदस्य भाष्कर घिमिरे निर्णयक मण्डलमा रहनु भएको थियो ।